कंगारू एजुकेशन फाउण्डेसनको २०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

कंगारू एजुकेशन फाउण्डेसनको २०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । कंगारू एजुकेशन फाउण्डेसनले आफ्नो स्थापनाको २०औँ वर्ष पूरा भएको अवसरमा एक विशेष समारोहका साथ भव्य वार्षिकोत्सव सम्पन्न गरेको छ। शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्व, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

फाउण्डेसनले विगत दुई दशकदेखि उच्च शिक्षाका लागि संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, क्यानडा, संयुक्त अधिराज्य (युके) र अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी परामर्श लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ। पछिल्लो समय प्लस टु पछि वैदेशिक अध्ययन विद्यार्थीहरूको प्राथमिकतामा परिरहेको सन्दर्भमा कंगारूले काठमाडौंसहित देशका विभिन्न मुख्य सहरहरूबाट आफ्नो सेवा विस्तार गरिरहेको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी तथा विदेशस्थित विभिन्न कलेज र विश्वविद्यालयहरूप्रति आभार व्यक्त गरेका छन्। उनले विद्यार्थी र अभिभावकको अटुट विश्वास र मायाकै कारण कम्पनीले परामर्श सेवाको क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल भएको बताए।

‘हामीले २०औँ वर्षसम्मको यो अवधिमा विद्यार्थीको चाहना अनुसारको गुणस्तरीय सेवा प्रदान गरिरहेका छौँ,’ तिमल्सिनाले भने, ‘आगामी दिनमा पनि अझै बढी विश्वास जित्दै नयाँ उचाइमा पुग्नेमा हामी विश्वस्त छौँ।’

कार्यक्रमकै दिन विशेष रूपमा “यूके तथा न्युजिल्याण्ड भर्ना दिवस” समेत आयोजना गरेको थियो। उक्त भर्ना दिवसमा यूके तथा न्युजिल्याण्डका ४५ भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्श, आवेदन प्रक्रिया सहजीकरण, विशेष छात्रवृत्ति अवसर तथा विभिन्न छुट सुविधाहरू प्रदान गरिएको थियो।

यसका साथै, २० औं कंगारु डे को अवसरमा संस्थाले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो, महिला फुटबल खेलाडीहरूलाई सम्मान गरेको थियो, पुस्तकालय स्थापनाको घोषणा गरेको थियो, तथा संस्थाका नेपालस्थित कार्यालय प्रमुख र प्रतिनिधिहरूको सहभागितामा विशेष समारोह आयोजना गरेको थियो।

सो समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा कार्यालयहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। साथै, संस्थाले आगामी पाँच वर्षका लागि आफ्नो संस्थागत विकास, डिजिटल रूपान्तरण, सेवा विस्तार तथा उत्कृष्टता केन्द्रित रणनीतिक मार्गचित्र समेत सार्वजनिक गरेको छ।

२० वर्षको सफल यात्रालाई स्मरण गर्दै आयोजित यस कार्यक्रमले संस्थाको उपलब्धिहरूलाई उजागर गर्नुका साथै भविष्यका लागि नयाँ दिशानिर्देश समेत प्रस्तुत गरेको छ। कार्यक्रममा देखिएको उत्साहले संस्थाप्रतिको जनविश्वासलाई थप बलियो बनाएको आयोजकको भनाइ छ।

Skip This
Skip This
Logo