रोल्पा । रोल्पाको जलजलामा हिजो भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकाे सनाखत भएकाे छ । दुर्घटनामा रुकुम पूर्व र दाङका बासिन्दाहरूले ज्यान गुमाएका छन्।
मृत्यु हुनेहरूमा रुकुम पूर्व, सिस्ने–५ टाकुराका गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष), तिलकुमारी बुढाथोकी (५३ वर्ष), युवा बुढाथोकी (२८ वर्ष), दिव्यन बुढाथोकी (१० वर्ष), सृजना बुढाथोकी (२४ वर्ष), सुदीप बुढाथोकी (१३ वर्ष) र ओमकुमारी बुढाथोकी (४० वर्ष) रहेका छन्। सोही स्थानका मीना कामी (६० वर्ष), लक्ष्मी शाह (६० वर्ष) र रुक्मिणा बस्नेतको पनि दुर्घटनामा मृत्यु भएको छ। यस्तै, रुकुम पूर्व भुमे–५ का टेकप्रशाद बस्नेतले पनि ज्यान गुमाएका छन्।
दुर्घटनामा दाङको घोराही–१५ रतनपुरका एकै परिवारका सदस्यसहित सात जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोरपती जिसी (५४ वर्ष), तिला जिसी (३२ वर्ष), जेनिस जिसी (७ वर्ष), जेनिसा जिसी (१२ वर्ष), एलिना जिसी (२५ वर्ष), संयोग जिसी (७ वर्ष) र यमबहादुर जिसी रहेका छन्। यसैगरी, घोराही–१३ की धनमाया विष्ट, हाल रुकुम पूर्व बस्ने ४२ वर्षीय सवारी चालक बेदु कामीको पनि सोही दुर्घटनामा निधन भएको छ।
दुर्घटनामा परेका सिस्ने–५ का ३२ वर्षीय समिर कामी भने जिपको छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। सामान्य घाइते भएका उनी उपचारपछि घर फर्किसकेका छन्।





























प्रतिक्रिया