अध्यादेश रोक्न राष्ट्रपति पौडेललाई भेटे भेटे आङ्देम्बेले

अध्यादेश रोक्न राष्ट्रपति पौडेललाई भेटे भेटे आङ्देम्बेले

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्।

आङ्देम्बेले शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर सरकारले सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी नगर्न विपक्षी दलहरूको तर्फबाट राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका हुन्। सरकारले संसद्लाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको भन्दै त्यसलाई रोक्नुपर्ने उनको भनाइ थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति कार्यालय पुगेका ८ वटा अध्यादेशमध्ये हालसम्म तीनवटा अध्यादेश जारी भइसकेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी, सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् । अन्य अध्यादेश भने अध्ययनकै क्रममा रहेका छन् ।

Skip This
Skip This
Logo