फोटोन नेपालले सीएडीए चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर उपलब्ध गराउँदै

फोटोन नेपालले सीएडीए चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर उपलब्ध गराउँदै

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । कमर्सियल भेहिकल ब्रान्ड फोटोनले नेपालमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै ‘सिएडीए चितवन अटो शो २०२६’ मा विशेष अफरको घोषणा गरेको छ । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले वैशाख २१ गतेसम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा आयोजना हुने अटो शोमा प्रभावशाली सहभागिता जनाउने भएको हो ।

हल नम्बर ०३ को स्टल नम्बर ०३ मा रहने फोटोनले यस वर्षको अटो शोलाई कमर्सियल मोबिलिटीको केन्द्र बनाउने लक्ष्य राखेको जनाएको छ । कम्पनीले विशेषगरी ईभी भ्यान, टीएम१ र पिकअप सेग्मेन्टमा आकर्षक ‘इभेन्ट एक्सक्लुसिभ अफर’ ल्याउँदै ग्राहकहरूलाई भविष्य–उन्मुख यातायात समाधान अनुभव गराउने तयारी गरेको छ ।

फोटोनले शोमा आफ्नो लोकप्रिय हाई रूफ ईभी भ्यान र लो रूफ ईभी भ्यानलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गर्नेछ । हाई रूफ ईभी भ्यानको सिएडीए मूल्य ५३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ भने लो रूफ ईभी भ्यानको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। यी दुवै मोडल खरिद गर्ने ग्राहकले फ्यामिली रिट्रिट प्याकेज, ५५ इन्च एलईडी टेलिभिजन, नगद रेफरल बोनस र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

त्यस्तै, सोकोन ईभी भ्यान पनि विशेष अफरसहित उपलब्ध हुने भएको छ । ३९ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको यस मोडलमा पनि समान उपहार र बोनस योजना समावेश गरिएको छ । कम्पनीका अनुसार यी तीनवटै ईभी मोडलमा दिइने वास्तविक नगद छुट भने अटो शोमै सार्वजनिक गरिनेछ, जसले आगन्तुकहरूको उत्साहलाई अझ बढाउने अपेक्षा गरिएको छ ।

व्यावसायिक तथा बहुउपयोगी सवारीसाधन खोज्ने ग्राहकहरूका लागि फोटोन टीएम१ पनि आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिनेछ । २८ लाख ४९ हजार रुपैयाँ मूल्य रहेको टीएम१ मा विशेष नगद छुट तथा गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ । अन्तिम छुट रकम कार्यक्रमस्थलमै घोषणा गरिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, फोटोन पिकअप खरिद गर्ने ग्राहकले पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदरको सुविधा पाउनेछन् । कम्पनीका अनुसार, यो योजना विशेषगरी व्यवसायी, उद्यमी र फ्लिट अपरेटरलाई लक्षित गरी ल्याइएको हो, जसले प्रारम्भिक लगानीको भार घटाएर सहज किस्ताबन्दीमा भरपर्दो कमर्सियल गाडी खरिद गर्न सहयोग पुर्‍याउनेछ ।

एमएडब्लू वृद्धिले फोटोनका उत्पादनसँगै बिक्रीपछिको सेवामा पनि आफूलाई बलियो बनाएको दाबी गरेको छ ।

कम्पनीका अनुसार ग्राहकहरूले देशभर रहेका १७१ भन्दा बढी ईभी चार्जिङ स्टेशन, १४ भन्दा बढी आउटलेटसहितको अफ्टर–सेल्स सर्भिस नेटवर्क, जेन्युइन स्पेयर पाट्र्सको सहज उपलब्धता र लचिलो फाइनान्सिङ सुविधाको लाभ लिन सक्नेछन् ।

फोटोन नेपालले चितवन तथा आसपासका व्यवसायी, परिवार, फ्लिट अपरेटर र कमर्सियल ग्राहकहरूलाई स्टलमा आएर विशेष अफर तथा नयाँ प्रविधिबारे प्रत्यक्ष जानकारी लिन आग्रह गरेको छ । कम्पनीले अटो शोमार्फत नेपालमा दिगो, स्मार्ट र भविष्य–उन्मुख कमर्सियल मोबिलिटी समाधानलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।

Skip This
Skip This
Logo