काठमाडाैं । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनलले फुलह्याममाथि ३–० को सहज जित दर्ता गरेको छ।
घरेलु मैदानमा भएको उक्त प्रतिस्पर्धामा आर्सनलले खेलको पहिलो हाफमै तीन गोल गर्दै आफ्नो स्थिति बलियो बनाएको थियो। आर्सनलका लागि भिक्टर ग्योकेरेसले खेलको ९ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ४० औं मिनेटमा बुकायो साकाले गोल गर्दै अग्रता दोब्बर बनाए।
पहिलो हाफको इन्जुरी समयमा ग्योकेरेसले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनल ३–० ले अगाडि बढ्यो।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन र आर्सनलले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो। यो जितसँगै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा कायमै रहेको छ भने पराजित फुलह्याम १० औं स्थानमा रहेको छ।































प्रतिक्रिया