काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठ पदमुक्त हुने भएका छन्।
निर्वाचनपछि पदबाट अवकाश लिनुअघि कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव श्रेष्ठलाई मन्त्रीसरहको सुविधा पाउने गरी कोषको अध्यक्षमा मनोनयन गरेकी थिइन्,जसकाे चाैतर्फी आलाेचना भएकाे थियाे ।
तर बालेन शाह नेतृत्वकाे सरकारले हालै जारी गरेको अध्यादेशमार्फत कोषको सञ्चालक समितिका पदाधिकारीहरूको पदावधि खारेज गरेपछि नियुक्त भएको डेढ महिनामै श्रेष्ठको पद खोसिएको हो।
श्रेष्ठले कोषको अध्यक्षसँगै समाजकल्याण परिषद्को कानूनी सल्लाहकारका रूपमा समेत दोहोरो सुविधा लिइरहेको तथ्य सार्वजनिक भएको थियो। १७ चैत २०८३ मा परिषद्को सदस्य सचिव सरोजकुमार शर्माले श्रेष्ठलाई मासिक ४३ हजार ६८९ रुपैयाँ तलब पाउने गरी सल्लाहकार नियुक्त गरेका थिए। राज्यकोषबाट दोहोरो सुविधा लिनु भ्रष्टाचार मानिने भन्दै नागरिकस्तर र सामाजिक सञ्जालमा मन्त्री सीता बादीमाथि प्रश्न उठाइएको थियो। शनिबार जारी अध्यादेशले श्रेष्ठ र उनलाई दोहोरो नियुक्ति दिने परिषद्का सदस्य सचिव शर्मा दुवैलाई पदमुक्त गरेको छ।































प्रतिक्रिया