काठमाडौं,२४,पुस
स्थानीय तह सञ्चालन तथा कार्यान्वयनमा देखिएको कानुनी अन्योल समाधान र सहजीकरण गर्न सरकारले सहसचिवस्तरका कर्मचारी परिचालन गरेको छ । "/>

स्थानीयतह अनुगमनको जिम्मा सहसचिवलाई :कुन प्रदेशमा को खटिए ?

स्थानीयतह अनुगमनको जिम्मा सहसचिवलाई :कुन प्रदेशमा को खटिए ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२४,पुस
स्थानीय तह सञ्चालन तथा कार्यान्वयनमा देखिएको कानुनी अन्योल समाधान र सहजीकरण गर्न सरकारले सहसचिवस्तरका कर्मचारी परिचालन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनमा सहजीकरण तथा समन्वय गर्न सातवटै प्रदेशमा सहसचिव तहका कर्मचारी तोकेको हो । सहसचिवले आफ्नो प्रदेश भित्रका स्थानीय तहको संयोजन गर्नेछन् ।

प्रदेश १ मा आनन्दराज ढकाल, २ मा सुरेश अधिकारी, ३ मा डा. हरि पौडेल, ४ मा रामकृष्ण सापकोटा, ५ मा पुरुषोत्तम नेपाल, ६ मा वेदबहादुर कार्की र ७ मा रुद्रसिंह तामाङलाई संयोजक तोकिएको छ । सरकारले सहसचिवकै नेतृत्वमा सातवटा प्रदेशमा प्रशासकीय प्रमुख खटाउने तयारी गरिरहेको भए पनि हाल तोकिएका सहसचिव भिन्न प्रयोजनका लागि रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता समेत रहेका प्रदेश ७ का संयोजक रुद्रसिंह तामाङले गाउँपालिका र नगरपालिका गठन भएपछि गाउँपालिका तथा नगरपालिकामा हाल सम्म देखिएका विविध समस्या, जटिलता र अनियमितताको समाधानका लागि संयोजक तोकिएको बताए ।
राजधानीबाट

Skip This
Skip This
Logo