काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्डसहितको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ को मस्यौदा तयार पारेको छ।
पार्टीको केन्द्रीय कार्यालयमा आयोजित सचिवालय बैठकमा ‘उम्मेदवार छनोट रूपरेखा निर्माण समिति’ का तर्फबाट उक्त मस्यौदा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिएको हो।
पार्टीले आगामी स्थानीय निर्वाचनमा योग्य, सक्षम र जनप्रिय उम्मेदवारहरूलाई चुनावी मैदानमा उतार्नका लागि एक निश्चित विधि र प्रणाली स्थापना गर्ने उद्देश्यले यो रूपरेखा तयार पारेको जनाएको छ।































प्रतिक्रिया