विराटनगर ,२४,पुस

विराटनगरको नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले एक महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिदिएका छन् । "/>

प्रसूति गराउँदा शिशुको हातै भाँचियो

प्रसूति गराउँदा शिशुको हातै भाँचियो

केन्द्रबिन्दु
0
Shares

विराटनगर ,२४,पुस

विराटनगरको नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले एक महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिदिएका छन् । मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा आछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएका हुन्। तारालाई प्रसूति व्यथा लागेपछि गत पुस ९ गते अस्पताल भर्ना भएकी थिइन् । १० गते शिशु जन्मिए पनि बच्चाको हात भाँचिएपछि अस्पतालले त्यसलाई सार्वजनिक नगर्न आफूलाई दबाब दिएको ताराका ससुरा धनलाल सार्कीले बताए । ताराले दोस्रो सन्तानका रुपमा छोरा जन्माएकी छन् । उनको पहिलो सन्तान पाँच वर्षका छोरा नै छन् । ताराका पति चन्द्र अछामी पाँच महिनाअघि वैदेशिक रोजगारीमा गएका छन्।

‘जन्मिएको बच्चाको हात भाँचिएको पाइएपछि अस्पतालसँग हामीले गुनासो राख्यौं,’ धनलालले भने, ‘आमा र बच्चाको उपचार सबै गरिदिने भन्दै अस्पतालले त्यसलाई सार्वजनिक नगर्न दबाब दिएका कारण हामीले पनि तत्काल यो कुरा बाहिर ल्याउन सकेनौं।’ शिशुको भाँचिएको हातको उपचार गर्न र बुहारीको प्रसूति गराउने क्रममा अस्पतालले आफूसँग ६० हजार रुपैयाँ लिएको पनि उनले बताए । उनका अनुसार प्रसूति गराउने काममा संलग्न चिकित्सकले शल्यक्रिया गर्नु नपर्ने र सामान्य अवस्थामा बच्चा जन्मिन सक्ने भन्दै हात हालेर बच्चा निकालेका थिए।
शब्द र तस्विर अन्नपूर्णबाट

Logo