एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु सिन्धुलीमाडी र बेसीशहरमा

एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु सिन्धुलीमाडी र बेसीशहरमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २३ पुस ।

एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, कमलामाई नगरपालिका वडा नं. ०६, सिन्धुलीमाडी, सिन्धुली र बेसीशहर नगरपालिका वडा नं ०७, बेसीशहर, लम्जुङ्गमा खुलेका छन् ।

आइतबार एक कार्यक्रममाबीच सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठबाट सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाबाट बेसीशहर शाखाको औपचारिक रुपमा उद्घाटन गरियो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको सुचना अधिकारी रोशन कुमार न्यौपानेले बताए

Skip This
Skip This
Logo