बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

केन्द्रबिन्दु
837
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न कार्यालयमा छापा मारेको छ । विभागले अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाउने आशंकामा सोमबार उक्त कारबाही गरेको हो।

विभागको टोलीले हेटौंडाको सानोपोखरास्थित बानियाँ निर्माण सेवा (बीएनएस) कम्पनी, त्यहीँ रहेको उनको निजी घर, काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयमा छापा मारेको स्रोतहरूले जनाएका छन् । छापाका क्रममा केही कागजात तथा प्रमाण सामग्री संकलन गरी सर्जिमिन मुचुल्का तयार पारिएको बताइएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश संसदीय दलका नेता समेत रहेका इन्द्रबहादुर बानियाँ ‘ए’ वर्गका निर्माण व्यवसायी हुन् । उनी केही वर्षअघिसम्म निर्माण क्षेत्रमा सक्रिय थिए र अहिले पनि विभिन्न व्यवसायिक कम्पनीमा लगानी रहेको छ । विभाग सम्बद्ध स्रोतका अनुसार, उनको सम्पत्ति तथा कारोबारमा केही अस्वाभाविक गतिविधि देखिएपछि अनुसन्धान अघि बढाइएको हो ।

स्रोतहरूका अनुसार, मुख्यमन्त्री बानियाँलाई पक्राउ गरी थप अनुसन्धान गर्ने सम्बन्धमा कानुनी परामर्श भइरहेको छ ।

नेपालमा सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनलाई पारदर्शी बनाउने प्रयास भइरहेको छ । यो घटनाले सुशासन र भ्रष्टाचार नियन्त्रणको बहसलाई पुनः उजागर गरेको छ ।

Logo