रौतहटमा तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

रौतहटमा तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

केन्द्रबिन्दु
30
Shares

चन्द्रपुर (रौतहट) । रौतहटमा हालसम्म तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा छ । अतिक्रमणको चपेटामा परेकोमध्ये एक हजार ४२५ हेक्टर चुरेक्षेत्र तथा एक हजार ७४६ हेक्टर भावर तथा तराई क्षेत्र रहेको छ ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहका अनुसार व्यवस्थित वनको एक हजार ३२८ हेक्टर, सामुदायिक वनको ७५४, साझेदारी वनको ९०५ हेक्टर र सागरनाथ वृक्षरोपण क्षेत्रको २०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ ।

रौतहटमा ४३ सामुदायिक वन, तीन साझेदारी वन, चार धार्मिक वन, एउटा ब्लक फरेस्ट व्यवस्थापन वन रहेको छ । रौतहटमा ३० हजार १७७ हेक्टर अर्थात् २९ प्रतिशत भूभाग वनक्षेत्रले ओगटेको छ । जसमा सबैभन्दा बढी चन्द्रपुर, गुजरा, वृन्दावन र फतुवा विजयपुर नगरपालिकाको भू-भागमा वनक्षेत्र पर्दछ ।

वन अतिक्रमण हटाउनका लागि आवश्यक काम अगाडि बढाइएको छ । राज्यको नीतिअनुसार अन्य क्षेत्रको पनि वन अतिक्रमित क्षेत्र हटाइने प्रमुख साहले बताए ।

Logo