स्मार्ट टेलिकमका अध्यक्ष सर्बेश जोशी पक्राउ

स्मार्ट टेलिकमका अध्यक्ष सर्बेश जोशी पक्राउ

केन्द्रबिन्दु
816
Shares

काठमाडौं ।
स्मार्ट टेलिकमका अध्यक्ष सर्बेश जोशी पक्राउ परेका छन् । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा जोशीलाई सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

स्मार्ट टेलिकम प्रा. लि.ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ शीलाई पक्राउ गर्न काठमाण्डु जिल्ला अदालतबाट अनुमति लिइएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाण्डुबाट ०७० बैशाख २ गते दूर सञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिई सञ्चालन भएको स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारण दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ९५० बमोजिम ०८० बैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको पाइएको छ ।

Logo