आज सुनचाँँदीको भाउमा गिरावट

आज सुनचाँँदीको भाउमा गिरावट

केन्द्रबिन्दु
234
Shares

काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको भाउ तोलाको दुई लाख ९४ हजार आठ सय र प्रति १० ग्रामको दुई लाख ५२ हजार सात सय ४५ रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदीको भाउ तोलाको ५ हजार ३० रुपैयाँ थियो ।

Logo