यी हुन् सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका ८ अध्यादेश

यी हुन् सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका ८ अध्यादेश

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । बालेन शाह नेतृत्वको झण्डै दुई तिहाईको सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश जारी भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज पुनर्विचारका लागि फिर्ता गरेका संवैधानिक परिषदसम्बन्धी अध्यादेश पनि जारी गरेसँगै अध्यादेशको संख्या ८ पुगेको हो ।

यसअघि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्‍वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश जारी भएको थियाे ।

Skip This
Skip This
Logo