काठमाडौं । प्रधानन्यायाधीश सिफरिसका बिषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले आज साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार न्यायपालिकाको नेतृत्व चयन गर्ने संवैधानिक दायित्वलाई प्राथमिकता दिँदै बैठक आह्वान गरिएको हो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । नयाँ व्यवस्थाअनुसार पहिलो पटक संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।
नयाँ व्यवस्थाअनुसार परिषद्का ६ जना सदस्य मध्ये चार जना सदस्य उपस्थित भए गणपूरक सङ्ख्या पुग्नेछ । परिषद्ले कुनै पनि निर्णय गर्दा तीन जना सदस्यको बहुमत भएमा निर्णय गर्न सकिने कानुनी प्रावधान रहेको छ ।
संवैधानिक परिषद्को संरचनाअनुसार प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलको नेता र प्रधानन्यायाधीश रहनेछन् । आजको बैठक कुनै अप्रिय अवस्था नभए कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल प्रधानन्यायाधीशमा सिफारिस हुनेछिन् ।





























प्रतिक्रिया