काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारको सूचीमा रहेकी मोहना अन्सारी नेपाली कांग्रेसमा आबद्ध भएकी छिन् । उनी रास्वपाको समानुपातिक सुचीमा मुस्लिम महिला कलस्टमामा चौथो नँम्बर र रास्वपाको बन्द सुचिको १०९ नम्बरमा रहेकी छन् ।
रष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य अनसारीले लेखेकी छिन्, ‘आजबाट विधिवत् रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु। नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकाङ्क्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका साथ अगाडी बढेको छ। एउटा कुरा स्पष्ट छ जुन पार्टीले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको बीजारोपण गरेको थियो ।आजबाट विधिवत् रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको छु।’
जेनजी आन्दोलनपश्चात् बदलिएको कांग्रेस र जरा अभियान मार्फत सबैलाई जोड्ने सन्देशका साथ, नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने प्रतिबद्धता समेत उनले जनाएकी छिन् ।
उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको प्रशिक्षण प्रतिष्ठानमा मंगलबार विभिन्न क्षेत्रका ३९ जना सदस्यमा नियुक्त भएका छन् ।





























प्रतिक्रिया