जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

केन्द्रबिन्दु
3.22k
Shares

काठमाडौं ।
जुम्लामा पातारासी गाउँपालिका वार्ड नं. ५ का वडाध्यक्ष जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पातारासी गाउँपालिका—५, का वडाध्यक्ष दत्तबहादुर बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरीका अनुसार, बुधबार एक २६ वर्षीया महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।‘घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ उनी नेपाली कांग्रेसवाट निर्वार्चित भएका हुन् ।

Logo