काठमाडौँ, २२, पुस
रोजगारीका लागी दक्षिण कोरिया जाने नेपाली कामदारका लागि नयाँ नियम लागू हुने भएको छ । दोस्रो पटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छोडेर फर्किने कामदारलाई तेस्रोपटक कोरिया जान नदिने नियम कोरिया सरकारले ल्याएको हो । "/>

बीचमै काम छोडेर आए फेरि कोरिया जान नपाइने

बीचमै काम छोडेर आए फेरि कोरिया जान नपाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२, पुस
रोजगारीका लागी दक्षिण कोरिया जाने नेपाली कामदारका लागि नयाँ नियम लागू हुने भएको छ । दोस्रो पटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छोडेर फर्किने कामदारलाई तेस्रोपटक कोरिया जान नदिने नियम कोरिया सरकारले ल्याएको हो । यो नियम पछि आफ्नो कार्यकाल पुरा नगरी वर्क पर्मिट क्यान्सिल गरेर आउने कामदार मर्कामा पर्ने छन् । कामदारले बीचमै कोरिया छोडेर आउने क्रम बढेपछि कोरिया सरकारले यस्तो निर्णय गरेको हो । दोस्रो कार्यकाल पुरा नगरी फर्किने कामदारले फेरि जान नपाउने ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर पराजुलीले बताए ।

तर दोस्रोपटक जानेहरु बीचमै विभिन्न कारण देखाउँदै काम छोडेर फर्किने र फेरि भाषा परीक्षा दिएर कोरिया फर्किने गरेको पाइए पछि रोक लगाइएको बुझिएको छ । अहिले सम्म ईपीएस भाषा परीक्षा दिएर ५० हजार भन्दा बढी नेपाली कामदार कोरिया पुगेका छन् । परिक्षा पास गरेर पनि १२ हजार भन्दा वढी कामदार अझै कोरिया जान पाएका छैनन् ।

Skip This
Logo