स्मार्ट टेलिकम प्रकरणबारे सांसद खरेलको प्रष्टिकरणः ‘गल्ती गरेको छैन, सोधे हुन्छ, खोजे हुन्छ’

स्मार्ट टेलिकम प्रकरणबारे सांसद खरेलको प्रष्टिकरणः ‘गल्ती गरेको छैन, सोधे हुन्छ, खोजे हुन्छ’

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफूविरुद्ध सामाजिक सञ्जाल र केही मिडियामा फैलाइएको ‘नियोजित फेक न्युज’ र मिडिया ट्रायलको चर्को आलोचना गर्दै स्पष्ट प्रष्टिकरण दिएका छन् ।

स्वीट्जरल्याण्डमा कार्यक्रममा सहभागी भइरहेका खरेलले “गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ” लेखेका छन् । उनीले यस्ता भ्रामक, कपोल्कल्पित र नियोजित प्रहारले आफ्नो चरित्र र राजनीतिक भविष्यमाथि आक्रमण नगर्न आग्रह गर्दै कानुनी उपचार खोज्ने पनि बताएका छन् ।

समाचारहरूमा सांसद खरेलको नाम जोडिएर ३० अर्बको घोटालाको उल्लेख भइरहेको छ । केही रिपोर्ट अनुसार मन्त्री रहँदा उनले स्मार्ट टेलिकमको सम्पत्ति अनियमित रूपमा बिक्री वा हस्तान्तरणमा संलग्न भएको आरोप लागेको छ । खरेलविरुद्ध तीव्र आलोचना भइरहँदा उनी स्वीट्जरल्याण्ड गएको विषयलाई लिएर ‘फरार’ जस्ता शब्द प्रयोग भइरहेको छ । तर, खरेलले यो नियोजित प्रचार भएको दाबी गरेका छन् ।

अर्कोतर्फ स्मार्ट टेलिकम (स्मार्ट सेल) नेपालको दूरसञ्चार क्षेत्रको पुरानो खेलाडी हो । नेपाल दूरसञ्चार प्राधिकरणले २०८० मा लाइसेन्स रद्द गरेपछि कम्पनीको सम्पत्ति (टावर, पूर्वाधार आदि) सरकारको नियन्त्रणमा आएको थियो। केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्व अध्यक्ष तथा प्रबन्ध निर्देशक सर्वेश जोशी लाई ठगी, आर्थिक अनियमितता र सार्वजनिक कोषको दुरुपयोगको आरोपमा पक्राउ गरेको छ ।

जोशीमाथि करिब ७० करोड रुपैयाँको अनियमितता र एनसेललाई सम्पत्ति बिक्रीसम्बन्धी कारोबारमा अनियमितता गरेको आरोप छ ।

Skip This
Skip This
Logo