काठमाडौँ, २२, पुस
नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यवस्थापन गरिरहेका दुई दर्जन विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । "/>

दुई दर्जन आन्तरिक विमानस्थल घाटामा

दुई दर्जन आन्तरिक विमानस्थल घाटामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२, पुस
नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यवस्थापन गरिरहेका दुई दर्जन विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष ०७३,७४ मा देशभर सञ्चालनमा रहेका कुल ३० विमानस्थल मध्ये २४ वटा विमानस्थल खुद घाटामा सञ्चालन भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित ५ वटा विमानस्थल मात्र नाफामा रहेको तथ्यांक छ । प्राधिकरणले बन्द अवस्थामा रहेका कतिपय विमानस्थलमा पनि लगानी गर्नु परेको छ । जहाँबाट उसले एक रुपैयाँ पनि आम्दानी गर्न सकेको छैन । यस्ता आधा दर्जन भन्दा बढी विमानस्थलमा एक रुपैयाँ आम्दानी नभए पनि प्राधिकरणले लाखौँ रुपैयाँ खर्च गरिरहेको छ ।

नेपालभर रहेका विमानस्थलहरूको सञ्चालन तथा व्यवस्थापन गर्ने एक मात्र निकाय प्राधिकरण हो । प्राधिकरणले प्रत्येक हवाई यात्रुको टिकटबाट २ सय रुपैयाँ विमानस्थल सेवा शुल्क उठाउने गर्छ । यो शुल्क नै आन्तरिक विमानस्थलहरूको मुख्य आम्दानी हो । यस बाहेक सेवा प्रदायक कम्पनीले विमानस्थल भित्र आफ्नो काउन्टरहरू राखे बापत प्राधिकरणलाई शुल्क तिर्छन् । आफ्नो सम्पत्ति भाडामा लगाएको भए त्यसबाट पनि प्राधिकरणलाई आम्दानी हुने गर्छ । प्राधिकरणका अनुसार अहिले देशभर ४९ वटा आन्तरिक विमानस्थल निर्माण सम्पन्न भइसकेका छन् । एक अन्तर्राष्ट्रिय सहित विमानस्थलको कुल संख्या भने ५० छ । तर त्यस मध्ये ३२ वटा विमानस्थलमा मात्र नियमित हवाई सेवा सञ्चालनमा छ ।                 

नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo