भक्तपुर , २२, पुस
नेकपा एमाले नेता सुवास नेम्वाङले दलहरुको विवादका कारण संविधान कार्यान्वयनमा अझै पनि जटिलता कायमै रहेको बताएका छन् । ‘काठमाडौँ स्कुल अफ ल’ को १८ औं वार्षिकोत्सवमा पूर्वसभामुख नेम्वाङले तीन तहको निर्वाचनपछि पनि संविधान कार्यान्वयनमा जान नसक्नु संविधानको नभई राजनीतिक दल बीचको विवाद नै प्रमुख कारण भएको बताउँदै संविधान कार्यान्वयन र समृद्धिका लागि जनादेशको पालना गर्दै दलहरुले छिटो भन्दा छिटो समाधान निकाल्नु पर्नेमा जोड दिए।
कार्यक्रममा कलेजका अध्यक्ष माधवप्रसाद आचार्य, कलेज प्रमुख युवराज संग्रौला, सहप्राध्यापक प्रदीप पाठक, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत लगायतले मुलुकमा कानूनी शासनको कार्यान्वयन र पालना हुनु पर्नेमा जोड दिएका थिए।
नागरिकबाट































प्रतिक्रिया