काठमाडौँ, २२, पुस
काभ्रेको तीन ग्याँस उद्योगमा सिल लगाइएको छ । शुक्रबार गुणस्तर तथा नाप तौल विभागका निर्देशक मनोजकुमार उपाध्यायको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको थियो । "/>

काभ्रेमा रहेका ३ ग्याँस उद्योगमा सिल लगाइयो

काभ्रेमा रहेका ३ ग्याँस उद्योगमा सिल लगाइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२, पुस
काभ्रेको तीन ग्याँस उद्योगमा सिल लगाइएको छ । शुक्रबार गुणस्तर तथा नाप तौल विभागका निर्देशक मनोजकुमार उपाध्यायको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा सगरमाथा, सूर्य र चण्डेश्वरी ग्याँस उद्योग मापदण्ड विपरित रहेको पाइएकाले विक्रि वितरणमा रोक लगाइएको निर्देशक उपाध्यायले जानकारी दिए । सगरमाथा ग्याँसले नेपाल गुणस्तर प्रमाण चिन्ह लिनको लागि फारम भरेको तर चिन्ह प्राप्त नगरेको पाइएको निर्देशक उपाध्यायले बताए । ‘सगरमाथा बाहेक अरु ग्याँस उद्योगले नेपाल गुणस्तर चिन्ह लिनको लागि फारम समेत भरेका छैनन् ।’ उपाध्यायले भने, ‘अब ती ग्याँस उद्योगहरुले भरिसकेको सिलिण्डर बाहेक अन्य सिलिण्डरहरुमा ग्याँस भर्न र उत्पादन एवं विक्री वितरण गर्न रोक लगाएका छौँ ।’

सगरमाथा ग्याँस उद्योगका सञ्चालक अमृत अग्रवालले एकैचोटी ग्याँस उद्योग बन्दा गर्दा उद्योगी र ग्राहकलाई समेत मर्का पर्ने बताए । उनले मापदण्डलाई पूरा गर्नका लागि केही समय दिन समेत माग गरे । अग्रवालले भने, ‘एक्कासी उद्योगहरु बन्द गर्दा उद्योगी र उपभोक्ताहरु समस्या पर्छन्, सरकारले यस विषयमा ध्यान दिनु जरुरी छ ।’ काभ्रेमा उग्रचण्डी ग्याँस उद्योग र हिमाल ग्याँस उद्योग पनि रहेका छन् । तिनीहरुले पनि नेपाल गुणस्तर प्रमाण चिन्ह नलिएको पाइएको छ । चिन्ह प्राप्त नगरेकै कारण अब काभ्रेमा सञ्चालनमा ल्याएका सबै ग्याँस उद्योगीले ग्याँस उत्पादन तथा विक्री वितरण गर्न नपाउने भएका छन् ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo