काठमाडौँ ।
नेकपा (एमाले)ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा उनलाई एमाले संसदीय दलका नेता रामबहादुर थापाले उनलाई सचेतकमा नियुक्त गरेका हुन् ।
गत फाल्गुनमा भएको राष्ट्रिय सभा निर्वाचनमा कोसी प्रदेशको महिला क्लस्टरबाट उनी राष्ट्रिय सभाको संसद्मा निर्वाचित भएकी थिईन् । नेपाली काँग्रेस र एमालेको गठबन्धनमा राष्ट्रिय सभा निर्वाचन भएको थियो ।
राष्ट्रिय सभाको सदस्य बन्नु अधि उनी ओलीको सचिवालयमा कार्यरत थिइन । केपी ओली प्रधानमन्त्री भएको समय अनि ओलीको सचिवालयमा उप स्वकीय स्तरको सेवा सुविधामा थिइन । झापा मेचीनगर स्थायी बसोबास भएकी मेचे अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दछिन् ।
नवनियुक्त सचेतक मेचेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।































प्रतिक्रिया