काठमाडौं — पटक–पटक राजनीतिक पार्टी परिवर्तन गर्दै आएका पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
शुक्रबार काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा उनलाई पार्टी अध्यक्ष साम्पाङले औपचारिक रूपमा स्वागत गरेका हुन्। पार्टी प्रवेशसँगै किराँतीलाई “बरिष्ठ नेता” को जिम्मेवारी दिइएको बताइएको छ।
भोजपुरबाट २०७९ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका किराँती पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत हुन्। अहिले श्रम संस्कृति पार्टीमा प्रवेश गरेसँगै उनको यो पाँचौँ राजनीतिक पार्टीमा आवद्धता हो ।
किराँती विगतमा नेकपा (एमाले) एमाले मा आवद्ध रहेका थिए । पछि उनी खम्बुवान पार्टी हुदै माओवादी केन्द्रको नेत भए र पछिल्लो समय माओवादी केन्द्र परित्याग गरी जनार्दशन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रिय थिए।































प्रतिक्रिया