काठमाडौं । केही दिन यता अमेरिकी डलर, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कको भाउ निरन्तर घटिरहेको छ भने आज अष्ट्रेलियन डलर र युरोको पनि भाउ घटेको छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । हिजो १५१ रुपैयाँ ८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा रहेको थियो । बिहिबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा थियो ।
युरोको भाउ भने आज बढेको छ । आज युरो एकको खरिदर १७८ रुपैयाँ ५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा छ । हिजो युरो एकको खरिदर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा थियो ।
आज पाउण्ड स्टर्लिङको एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ २५ पैसा रहेको छ । हिजो पाउण्ड स्टर्लिङको एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा थियो ।
आज स्विस फ्रैन्कको मूल्य पनि घटेको छ । स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९५ पैसा कायम गरिएको छ। हिजो स्विस फ्रैन्क एकको खरिदर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
केही दिन यता निरन्तर बढिरहेको अष्ट्रेलियन डलरको भाउ आज पनि घटेको छ । अष्ट्रेलियन डलरको एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा रहेको थियो ।
यस्तै,आज युरोको भाउ पनि घटेको छ ।आज युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा रहेको छ । हिजो युरो एकको खरिदर १७८ रुपैयाँ ५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा रहेको थियो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार आज क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २२ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७६ पैसा र बिक्रीदर २३ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र विक्रिदर ३९३ रुपैयाँ ४५ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।































प्रतिक्रिया