धनगढी पुगेका कांग्रेस सभापति थापालाई सुदूरपश्चिम मुख्यमन्त्रीको स्वागत, होटल रुबसमा नेता–कार्यकर्तासँग भेटघाट जारी

धनगढी पुगेका कांग्रेस सभापति थापालाई सुदूरपश्चिम मुख्यमन्त्रीको स्वागत, होटल रुबसमा नेता–कार्यकर्तासँग भेटघाट जारी

केन्द्रबिन्दु
27
Shares

धनगढी । प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलाका लागि धनगढी पुगेका काङ्ग्रेस सभापति गगन थापाले धनगढीस्थित होटल रुबसमा नेता–कार्यकर्तासँग भेटघाट सुरु गरेका छन् ।

डोटीबाट निर्वाचित भरत खड्का र अछाम–१ बाट निर्वाचित भरत स्वारलाई दायाँबायाँ राखेर थापाले सामूहिक भेटघाट सुरु गरेका हुन् ।

दुवै भरत विशेष महाधिवेशन पक्षधर हुन् । सामूहिक भेटघाटमा उपसभापति विश्वप्रकाश शर्मा पनि मिसिएका छन् ।

नेपाली काङ्ग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गरेको छ । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलालाई सभापति गगनकुमार थापाले सम्बोधन गर्दैछन् ।

यसअघि सभापति थापालाई सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह धनगढी विमानस्थलमा स्वागत गरेका थिए ।

Logo