काठमाडौं ।
सुनको मूल्य घटेको छ । साताको कारोबारको पहिलो दिन आइतबार अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको हो । सुनको मूल्य एक हजार रुपैयाँले घटेर दुई लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
शुक्रबार प्रतितोला दुई लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले घटेर दुई लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला ५३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।































