मधेस प्रदेशको वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय

मधेस प्रदेशको वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको मधेस प्रदेशको वर्तमान सरकारलाई सत्ता साझेदार दलहरूले निरन्तरता दिने निर्णय गरेका छन् ।

आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकको निर्णयमा कांग्रेसको तर्फबाट दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई र लोसपा संसदीय दलका नेता जयनुल राइनले हस्ताक्षर गरेका छन् ।

Skip This
Skip This
Logo