काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी रियाल मड्रिडविरुद्ध २–० को सहज जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ ।
तीन खेल अगावै च्याम्पियन बनेको बार्सिलोनाको यो २९औँ ला लिगा उपाधि हो । यो सँगै बार्सिलोनाले उपाधि रक्षा पनि गरेको छ ।
यो हारसँगै रियाल यो सिजन पनि उपाधिविहीन भएको छ । आइतबार एल क्लासिकोमा ६२ हजार समर्थकमाझ घरेलु टोली बार्सिलोनालाई जित दिलाउन मार्कास रासफोर्ड र फेरान टोरेसले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको नवौँ मिनेटमा रासफोर्डको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । अर्को नौ मिनेटपछि नै टोरेसले टोलीको अग्रता दोब्बर बनाए ।
यो जितसँगै बार्सिलोनाले ३५ खेलमा ९१ अंक जोडेको छ । पराजित रियालको समान खेलबाट ७७ अंक छ ।





























प्रतिक्रिया