सरकारको नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार र डिजिटाइजेसन मुख्य प्राथमिकता

सरकारको नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार र डिजिटाइजेसन मुख्य प्राथमिकता

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सरकारले आज आर्थिक बर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम ल्याउदै छ । नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता राख्दै नीति तथा कार्यक्रम ल्याउँने अपेक्षा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसनलाई उच्च प्राथमिकता दिएको छ।
आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोगमार्फत समृद्धि हासिल गर्ने योजना अघि सारिएको छ।
सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेटिएको बताइएको छ।

सरकारले नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासन, उद्यमशीलता, प्रतिस्पर्धा र नवप्रवर्तन मार्फत आर्थिक सुधारका योजना, जनसांख्यिक लाभांशको प्रभावकारी उपयोग र मुलुकभित्रै मर्यादित रोजगारी सिर्जना गर्ने नीति अवलम्बन गरेको छ ।

उन्नत रोजगारी केन्द्रित तथा दिगो वृद्धितर्फ रूपान्तरण, विद्युत् उत्पादन आगामी ५ वर्षभित्र १५ हजार मेगावाट पुऱ्याउने योजना, मुलुकको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि दृढतासाथ अघि बढ्ने नीति तथा योजना ल्याउने सरकारले बताएको छ।

आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत राष्ट्रको विद्यमान आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको यथार्थपरक चित्रण गर्दै आगामी कार्यदिशा निर्धारणमा सहयोग पुग्ने सरकारले योजना अघि सार्ने स्रोतको दाबी छ। विगतमा सामाजिक सुरक्षा तथा वितरणमुखी कार्यक्रम अन्तरपुस्ता समतामा सुनिश्चित गर्ने सरकारको प्रयास रहेको छ ।

Logo