इरानसँग अमेरिका र इजरायलले युद्धको धेरै असर नेपालको मध्यमवर्गलाई

इरानसँग अमेरिका र इजरायलले युद्धको धेरै असर नेपालको मध्यमवर्गलाई

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । इरानसँग अमेरिका र इजरायलले युद्ध सुरु गरेदखि इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिले दुईपांग्रे सवारी र सार्वजनिक यातायातमा भरपर्ने मध्यमवर्गको दैनिकी थप महँगिएको छ । मध्यमवर्गीय नेपालीहरूमा आर्थिक भार बढेको छ ।

ईभीतर्फको फड्को अझै सहज छैन । पेट्रोल र डिजेलको मूल्य वृद्धिले यातायात, भाडादर र दैनिक खर्चमा उल्लेख्य वृद्धि भएको छ । जसले विद्यार्थी, कामकाजी र राइड सेयरिङ प्रयोगकर्तालाई बढी असर पारेको छ।

इन्धनको मूल्यवृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ्दा जीविका प्रभावित भएको छ । युद्ध सुरु गरेयता नेपालमा प्रयोग हुने सबैखाले इन्धनको अत्यधिक मूल्य बढेको छ । प्रतिलिटर १५७ रुपैयाँमा पाइने पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ, डिजेलको मूल्य १४२ बाट बढेर २२५ रुपैयाँ भएको छ । पम्पहरूमा लाइनै बस्नुपर्ने गरी आपूर्तिमा समस्या नभए पनि मूल्य भने निरन्तर बढेको छ ।

मुल्यबृद्धिले दुईपांग्रे सवारीमा भरपर्ने र सार्वजनिक यातायात सेवा उपयोग गर्ने मध्यमवर्गमा सबैभन्दा बढी मार परेको देखिन्छ । इन्धन मूल्यमा हुने घटबढअनुसारै सार्वजनिक सवारीको भाडा दर पनि घटबढ हुने गर्छ । पछिल्लो पटक सरकारले यात्रुवाहक सवारीसाधनमा औसत १६.७१ प्रतिशत भाडा बढाएको छ ।
पेट्रोलको मूल्य बढिरहेका बेला राइड सेयरिङ व्यवसाय पनि प्रभावित भएको छ । चालकहरू राइड सेयरिङ कम्पनीविरुद्ध प्रदर्शनमा समेत उत्रिए । ‘पेट्रोल महँगो, भाडा सस्तो’, ‘राइडर शोषण बन्द गर’ लगायत नारासहित उनीहरूले प्रदर्शनसमेत गरे ।

दैनिक राइड सेयरिङ प्लाटफर्म प्रयोग गरिरहेकी तारकेश्वरकी राधा खतिवडा पनि पेट्रोलको मूल्य बढ्दा प्रभावित भएकी छन् । राइड सेयरिङमा आउन–जान मासिक पहिला ११ हजार रुपैयाँ भए पुग्ने, अहिले साढे १५ हजार रुपैयाँसम्म लाग्ने उनले बताइन् । ‘बिहान ९ बजे नै अफिस पुग्नुपर्छ, सार्वजनिक बसमा जाँदा समयमै पुग्न मुस्किल पर्छ,’ उनले भनिन् ।

Skip This
Skip This
Logo