डेढ घण्टा पछि खुल्यो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

डेढ घण्टा पछि खुल्यो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । विहान ७ बजे देखी अवरुद्ध भएको विमानस्थलको सेवा पुन ः सञ्चालनमा आएको छ । टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि सोमबार बिहान स्तानबुलबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पांग्रामा आगलागी भएको थियो ।

इस्तानबुलबाट आएको फ्लाइट नम्बर टीके ७२६ को जहाज अवतरण गर्ने क्रममा टायरमा आगोको मुस्लो देखिएपछि विमानस्थलमा केहीबेर तनाव उत्पन्न भएको थियो। जहाजमा ४ बालकसहित २७७ यात्रु थिए।

जहाजलाई ट्याक्सी वेबाट तानेर पार्किङ क्षेत्रमा लगिएसँगै विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो । यसअघि दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो । विमानमा सवार सबै यात्रु सकुसल रहेको विमानस्थल स्रोतले जनाएको छ ।

Logo