बैंकिङ कसुरको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

बैंकिङ कसुरको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

केन्द्रबिन्दु
690
Shares

दैलेख ।
दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् ।

दैलेख प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । एक स्थानीयसंग उनले दिएको ५ लाख बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी अनुसन्धान भइरहेको छ भने ‘थप अनुसन्धानका लागि अदालतबाट म्याद थप भइसकेको प्रहरीले जनाएको् छ । शाही नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

Logo