काठमाडौं, २१, पुस
नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । "/>

जागिर लगाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

जागिर लगाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१, पुस
नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट विज्ञापन भएको सिनियर मिटर रिडर पदमा आवेदन दिएका मध्ये केही आवेदकसँग सप्तरी बलान विहुल गाउँपालिका घर भएका जयप्रकाश दास र सिराहा भगवानपुर घर भएका अशोककुमार मुखियाले सम्पर्क गरी जागिरमा नाम निकालिदिने भन्दै १० लाख लिएर सम्पर्क विहीन भएका थिए ।

दासले आफू श्रम मन्त्रालयको कर्मचारी भएको तथा विद्युत् प्राधिकरणका महाप्रबन्धक लगायत ठूला कर्मचारीलाई आफूले चिनेको भन्दै आफ्नो बैंक खातामा १० लाख जम्मा गर्न लगार्इ फरार भएका थिए । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले मुखिया र दासलाई पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप भएको जनाएको छ ।

यी दुई अभियुक्तले अन्य चार जना व्यक्तिलाई समेत ठगी गरेको भनी महाशाखामा जाहेरी दिन आएको भन्दै प्रहरीले अन्य पीडित पनि ठगेको हुनसक्ने भएकाले अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । उनीहरु उपर मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार पाँच वर्ष सम्म कैद र बिगो भराइ बिगो बमोजिम जरिवाना हुन सक्ने कानूनी व्यवस्था छ ।
रासस

Skip This
Skip This
Logo