काठमाडौंमा हिरो मोटरकर्पका दुई नयाँ अत्याधुनिक शोरुमको उद्घाटन

काठमाडौंमा हिरो मोटरकर्पका दुई नयाँ अत्याधुनिक शोरुमको उद्घाटन

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा विश्वसनीय ब्रान्डको रूपमा स्थापित हिरो मोटरकर्प नेपालले आज काठमाण्डौको बानेश्वर र सीतापाइला क्षेत्रमा आफ्ना नयाँ डिलरशिपअन्तर्गत हिरो मापदण्ड अनुसारका अत्याधुनिक शोरुमहरूको औपचारिक उद्घाटन गरेको छ ।

उद्घाटन समारोहमा हिरो मोटरकर्प भारतका एशिया व्यवसाय प्रमुख, सीजी मोटर्स प्रालिका व्यवसाय प्रमुख तथा मार्केटिङ प्रमुख, स्थानीय व्यवसायी, ग्राहक, मिडिया प्रतिनिधि तथा हिरोका समर्पित ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नयाँ शोरुमहरू मार्फत ग्राहकहरूले हिरोका नवीनतम प्रविधि जडित मोटरसाइकल र स्कुटरका विभिन्न मोडलहरू एकै स्थानमा अवलोकन, परीक्षण तथा खरिद गर्न सक्नेछन् । शोरुममा आधुनिक विक्री कक्ष, जेनुइन स्पेयर पाट्र्स, सरल फाइनान्स सुविधा तथा दक्ष टेक्निसियनद्वारा सर्भिसिङको व्यवस्था गरिएको छ ।

समारोहमा डिलर प्रतिनिधिहरूले भने, “ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो । नयाँ शोरुमको सुरुवातसँगै हामी अझ उत्कृष्ट सेवा, आधुनिक सुविधा र गुणस्तरीय अनुभव प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं ।”
उद्घाटन अवसरमा विशेष आकर्षणहरू ः

नयाँ बाइक तथा स्कुटरहरूको प्रदर्शन
टेस्ट राइडको व्यवस्था
आकर्षक ओपनिङ अफर
उपहार तथा क्यासब्याक योजना
सहज एक्सचेन्ज सुविधा

हिरो मोटरकर्प नेपालले नेपाली बजारमा गुणस्तरीय, भरपर्दो र इन्धन कुशल दुई पाङ्ग्रे सवारीसाधन उपलब्ध गराउँदै आएको छ । नयाँ शोरुमहरू सञ्चालनमा आएसँगै कम्पनीले आफ्ना ग्राहकहरूको पहुँच थप विस्तार गर्ने तथा सेवा सुविधालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।

Logo