शैक्षिक उत्कृष्टताको पर्याय र सदैव निरन्तरता, प्रसादी एकेडेमी

शैक्षिक उत्कृष्टताको पर्याय र सदैव निरन्तरता, प्रसादी एकेडेमी

केन्द्रबिन्दु
1.32k
Shares

काठमाडौं । ललितपुरको मानभवनमा अवस्थित प्रसादी एकेडेमीले विगत दुई दशकभन्दा लामो समयदेखि प्लस टु शिक्षामा आफ्नो बेग्लै पहिचान बनाउँदै आफूलाई सधैं शीर्ष स्थानमा राख्न सफल भएको छ।

देशभरका हजारौँ शैक्षिक संस्थाहरूमध्येबाट उत्कृष्ट ठहरिँदै पाँच पटकसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल प्रसादी यो ऐतिहासिक उपलब्धि हासिल गर्ने मुलुककै एकमात्र संस्था हो। यही नतिजाले यसको प्राज्ञिक उचाईलाई पुष्टि गर्दछ। प्रसादीमा अध्ययन गर्न हरेक वर्ष विद्यार्थीबीच उच्च प्रतिस्पर्धा हुने गरेको छ ।

शैक्षिक उत्कृष्टताप्रतिको अटुट प्रतिबद्धता नै प्रसादीको सफलताको मुख्य कडी हो।

सीमित सिटमा मात्र भर्ना खुलाउने यस संस्थाले कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ ।

“एकल कार्यक्रम, एकल व्यवस्थापन” भन्ने मूल ध्येय राखेको प्रसादी एकेडेमीले गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गरेको छ । सन् १९९८ मा स्थापना भएको यस एकेडेमीले विज्ञान र व्यवस्थापन संकायमा उच्च शैक्षिक मापदण्डसहितको गुणस्तरीय अध्यापन शैली अपनाएकै कारण हरेक वर्ष शतप्रतिशत उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

प्रसादी एकेडेमीको विशेषता केवल उत्कृष्ट नतिजामा सीमित छैन । व्यवहारिक शिक्षा, जीवनोपयोगी ज्ञान तथा विविध अतिरिक्त क्रियाकलापमार्फत यसले विद्यार्थीलाई “पढ्ने” मात्र होइन, “बुझ्ने र जीवनमा लागू गर्ने” संस्कार सिकाउँदै आएको छ ।

शैक्षिक उत्कृष्टताप्रतिको अटुट प्रतिबद्धता नै प्रसादीको सफलताको मुख्य कडी हो। स्कुलले अंगालेको विद्यार्थी केन्द्रित शिक्षण प्रणाली, आधुनिक प्रविधि र नैतिक मूल्यमान्यताको फ्युजनले गर्दा नै यहाँका विद्यार्थीहरू विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य साबित भएका छन्। कलेजले सधैँ शिक्षक र विद्यार्थीबीचको सन्तुलित अनुपातलाई कायम राख्दै प्रत्येक विद्यार्थीको व्यक्तिगत क्षमता र रुचिलाई विशेष ध्यान दिने गरेको छ।

विद्या धन सबैभन्दा ठूलो धन हो” भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै प्रसादी एकेडेमीले गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गरेको छ ।

पढेर ज्ञान आर्जन मात्र पर्याप्त हुँदैन । उक्त ज्ञानलाई आफ्नो जीवन र समाज, राष्ट्र र सम्पूर्ण जगतका हितमा कसरी उपयोग गर्ने ? कसरी आफूमा सही आचरण विकास गर्ने ? कसरी जीवनलाई रचनात्मक र अर्थपूर्ण बनाउने ? प्रसादीले यही अनुरुप विभिन्न शैक्षिक गतिविधिहरु सञ्चालन गर्छ । शिक्षा क्षेत्रमा बदलिँदो समयसँगै नयाँ सोच र आधुनिक अभ्यासलाई आत्मसात् गर्दै प्रसादीले “गुणस्तरीय शिक्षा नै समृद्ध भविष्यको आधार हो” भन्ने सन्देशलाई व्यवहारमा उतारिरहेको छ । त्यसैले पनि धेरै अभिभावक र विद्यार्थीका लागि प्रसादी केवल एउटा स्कुल नभई सपनालाई आकार दिने शैक्षिक गन्तव्य बनेको छ ।

सम्बन्धित समाचारः नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)

Skip This
Skip This
Logo