शैक्षिक विरासतको ७५ वर्षः सेन्ट जेभियर्सले कायम राखेको उत्कृष्टताको मानक

शैक्षिक विरासतको ७५ वर्षः सेन्ट जेभियर्सले कायम राखेको उत्कृष्टताको मानक

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेपालको उच्च माध्यमिक शिक्षाको क्षेत्रमा गुणस्तर, अनुशासन र प्राज्ञिक सफलताको कुरा गर्दा अग्रपंक्तिमा आउने नाम हो, सेन्ट जेभियर्स सेकेण्डरी स्कुल ।

माइतीघरमा सन् १९५१ मा स्थापना भएको सेन्ट जेभियर्सले विगत ७५ वर्षदेखि नेपालको शैक्षिक विकासमा अग्रणी भूमिका निर्वाह गर्दै कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस शैक्षिक संस्थाले एउटै एकीकृत प्रशासन अन्तर्गत प्राथमिक, माध्यमिक र उच्च माध्यमिक तहहरू सञ्चालन गर्दै आएको छ। यसले गर्दा विद्यार्थीहरूले जगदेखि नै एउटै मूल्य मान्यता र अनुशासित वातावरणमा हुर्किने अवसर पाएका छन्।

सेन्ट जेभियर्सले ‘मेरिट’का आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा विद्यार्थी भर्ना लिने गर्छ ।

सेन्ट जेभियर्सले ‘मेरिट’का आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा विद्यार्थी भर्ना लिने गर्छ । विज्ञान, अनिवार्य गणित, ऐच्छिक गणित र अंग्रेजीमा कम्तिमा ‘ए’ र अन्य विषयमा कम्तिमा ‘बी प्लस’ ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिने जेभियर्सले मेहनती र अनुशासित विद्यार्थी तथा अब्बल शिक्षकहरुको लगनशीलताकै कारण शैक्षिक नतिजा पनि शतप्रतिशत दिन सफल छ ।

सेन्ट जेभियर्सको एउटा मुख्य विशेषता भनेको यसको समावेशी चरित्र हो। स्थापना कालदेखि नै यस संस्थाले समाजका हरेक वर्ग, तह र तप्काका विद्यार्थीहरूलाई समान अवसर प्रदान गर्दै आएको छ। उत्कृष्टता, नेतृत्व र सेवा सेन्ट जेभियर्सको मूल मन्त्र हो ।

उत्कृष्टता, नेतृत्व र सेवा सेन्ट जेभियर्सको मूल मन्त्र हो ।

गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशालाले सुसज्जित यस संस्थाले बौद्धिक, आध्यात्मिक र सामाजिक रूपमा सक्षम जनशक्तिको विकास गर्दै आफूलाई सफल नागरिक बनाउन हरेक विद्यार्थीलाई पहिलो दिनदेखि नै मेहेनत गर्ने गरेको छ । शैक्षिक उत्कृष्टता, नैतिक अखण्डता, आध्यात्मिक बुद्धिमता, सामाजिक तथा वातावरणीय उत्तरदायित्व र भावनात्मक स्वास्थ्यलाई आत्मसात गर्ने वैश्विक नागरिकहरूको निर्माण गर्न यो शैक्षिक संस्था प्रतिवद्ध छ ।

सम्बन्धित समाचारः नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)

Skip This
Skip This
Logo