काठमाडौं,२०,पुस
नेपालमा कृषिजन्य उत्पादनमा विषादीको प्रयोग गर्ने क्रम बढेको छ । आर्थिक वर्ष ०७२,७३ मा मात्रै ५ लाख ७४ हजार ६० किलो विषादी खपत भएको छ । यसवर्ष विषादी खरिदका लागि ६९ करोड ४८ लाख ४ हजार ७१ रुपैयाँ खर्च भएको छ । सबैभन्दा धेरै विषादी तरकारीमा खपत हुने गरेको छ । तरकारीमा मात्रै ८५ प्रतिशत सम्म विषादी प्रयोग हुने गरेको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशन अच्युत प्रसाद ढकालले बताए । उनका अनुसार आर्थिक वर्ष ०७२,७३ मा १ सय ८१ टन कीटनासक, २ सय ४७ टन रोगनासक, १ सय ३४ टन झारनासक र १२ टन अन्य प्रकारका विषादी प्रयोग भएको छ ।
नेपालमा खपत हुने विषादी मध्ये ८० प्रतिशत विषादी भारत, चीन र जापानबाट आउने गरेको वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए । २० प्रतिशत भने नेपालमा उत्पादन हुन्छ । सबैभन्दा बढी विषादी भारतबाट आउने गरेको उनले बताए । यसै विच बाली संरक्षण निर्देशनालयले सिमी, भिन्डी र अकबरे खुर्सानीको विषादी परीक्षण गर्दा ४५ प्रतिशत प्रयोग भएको पाइएको छ । सर्लाहीको सिमी, धादिङको भिन्डी र मकवानपुरको अकबरे खुर्सानीको विषादी मापन गर्दा विषादीको यस्तो परिणाम देखापरेको निर्देशक ढकालले बताए ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया