उदयपुरको कटारी–घुर्मी सडक पहिरोले पूर्ण अवरुद्ध

उदयपुरको कटारी–घुर्मी सडक पहिरोले पूर्ण अवरुद्ध

केन्द्रबिन्दु
39
Shares

उदयपुर । पहिरोले सडक पुरिएपछि उदयपुरको कटारी–घुर्मी सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । वेतेनी–हर्देनी बीचमा मंगलबार साँझ पहिरोले सडक पुरिएको छ ।

स्थानीयका अनुसार सडक माथिबाट ठूलो पहिरो खसेपछि सडक बन्द भएको हो । सडक खुलाउन डोजर पठाइए पनि निरन्तर पहिरो झरिरहेकाले जोखिम बढेपछि उपकरण फिर्ता गरिएको कटारी नगरपालिका-१४ का वडाध्यक्ष अम्बर मगरले बताए । लगातार वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको उनले बताए ।

सडक अवरुद्ध भएपछि कटारी हुँदै ओखलढुंगा, घुर्मी तथा आसपासका क्षेत्रतर्फ जाने यात्रुहरू समस्यामा परेका छन् । कटारी नगरपालिका-१४ घुर्मीका राकेश पोखरेलका अनुसार केही सवारीसाधन सडक दुवैतर्फ रोकिएका छन् भने यात्रुहरू सुरक्षित स्थानतर्फ जान थालेका छन् ।

इलाका प्रशासन कार्यालय, कटारी र कटारी नगरपालिकाले अत्यावश्यक बाहेक उक्त सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo