काठमाडौं । ‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सुन्दर नगरी पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुलले आफूलाई देशकै अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित गरेको छ। सन् १९९५ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको यस संस्थाले हाल कक्षा १२ सम्म विज्ञान र व्यवस्थापन संकायमा उत्कृष्ट पठनपाठन सञ्चालन गर्दै आएको छ।
गण्डकी प्रदेशमा मात्र नभई राष्ट्रियस्तरमै अब्बल ठहरिएको मदरल्यान्डले शिक्षण विधिलाई केवल सैद्धान्तिक घेरामा मात्र सीमित नराखी व्यवहारिक र जीवनोपयोगी बनाउन विशेष जोड दिएको छ।
मदरल्यान्डले पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण सिकाइको अभिन्न अंग बनाएको छ। स्कुलले अत्याधुनिक प्रयोगशाला, समृद्ध पुस्तकालय र शान्त वातावरणमा प्रविधिमैत्री कक्षा कोठाहरू उपलब्ध गराएको छ। विद्यार्थीहरूलाई समालोचनात्मक सोचको विकास गराउन र वास्तविक संसारका चुनौतीहरूसँग जुध्न सक्ने बनाउन यहाँको पाठ्यक्रम र शिक्षण पद्धति केन्द्रित रहेको छ।
शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड सेकेन्डरी स्कुल अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।
मदरल्यान्डको एउटा बलियो पक्ष यसको अन्तर्राष्ट्रिय सम्बन्ध पनि हो। विद्यालयले अष्ट्रेलिया, अमेरिका, बेलायत, बंगलादेश, फ्रान्स र भारतका विभिन्न शैक्षिक संस्थाहरूसँग वैदेशिक शैक्षिक आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई विश्वव्यापी दृष्टिकोण बुझ्न, विदेशी विद्वानहरूसँग अन्तक्र्रिया गर्न र भविष्यमा छात्रवृत्ति तथा उच्च शिक्षाका लागि अन्तर्राष्ट्रिय ढोका खोल्न मद्दत पु-याएको छ।
नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)
विद्यार्थीको बौद्धिक वृद्धिका साथै उनीहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकासका लागि विद्यालयले विभिन्न विद्यार्थी क्लबहरू, शैक्षिक भ्रमण र अतिरिक्त क्रियाकलापहरूलाई प्राथमिकता दिएको छ। विद्यार्थीलाई एक जिम्मेवार र विवेकशील नागरिक बनाउनु नै विद्यालयको मुख्य लक्ष्य रहेको व्यवस्थापन पक्षले जनाएको छ।
पोखराको शान्त वातावरणमा अवस्थित यस विद्यालयले विद्यार्थीहरूको सहजताका लागि यातायात र छात्रवासको समेत व्यवस्थित प्रबन्ध गरेको छ। प्रत्येक विद्यार्थीको व्यक्तिगत क्षमतालाई कदर गर्दै उनीहरूलाई भविष्यको नेतृत्वदायी भूमिकाका लागि तयार पार्न दक्ष र अनुभवी शिक्षक शिक्षिकाहरू अहोरात्र खटिरहेका छन्।
शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड सेकेन्डरी स्कुल अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।































प्रतिक्रिया