काठमाडौं । पूर्वी नेपालको शैक्षिक हबको रूपमा चिनिने विराटनगर महानगरपालिकामा विगत तीन दशकदेखि गुणस्तरीय शिक्षाको पर्याय बनेको छ, शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुल ।
सन् १९९६ मा स्थापित यो संस्था अनुभवी शिक्षाविद् र दक्ष पेशेवरहरूको समूहद्वारा सञ्चालित छ, जसको मुख्य ध्येय २१ औँ शताब्दीका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम र मर्यादित नागरिक उत्पादन गर्नु हो।
शिक्षादीपको एउटा विशिष्ट पक्ष भनेको यसले प्लस टु तहका दुई मुख्य संकाय विज्ञान र व्यवस्थापन का लागि छुट्टाछुट्टै शैक्षिक ब्लकहरूको व्यवस्था गरेको छ। संकाय अनुसारका विद्यार्थीका आवश्यकताहरू फरक हुने कुरालाई मध्यनजर गर्दै प्रत्येक ब्लकलाई आवश्यक सबै अत्याधुनिक भौतिक पूर्वाधारले सुसज्जित पारिएको छ।
शिक्षादीपकाे मुख्य ध्येय २१ औँ शताब्दीका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम र मर्यादित नागरिक उत्पादन गर्नु हो।
राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयले प्ले–ग्रुपदेखि कक्षा १० सम्म र प्लस टु तहमा विज्ञान तथा व्यवस्थापन संकायमा शिक्षा प्रदान गर्दै आएको छ। गरेर सिक्ने सिद्धान्तलाई आत्मसात् गर्दै यहाँ मल्टिमिडिया प्रोजेक्टर, अडियो(भिजुअल सामग्री, प्रदर्शन र प्रदर्शनीका साथै विद्यार्थी–केन्द्रित शिक्षण पद्धति अपनाइन्छ। प्रयोगात्मक ज्ञानका लागि यहाँ अत्याधुनिक प्रयोगशाला र पहिलो हातको प्रयोगमा विशेष जोड दिइन्छ।
नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)
पूर्वाञ्चल क्षेत्रका विद्यार्थीहरूको प्राज्ञिक तिर्खा मेटाउने उद्देश्य बोकेको शिक्षादीपले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन व्यक्तिगत शिक्षण र समूह छलफललाई प्राथमिकता दिँदै आएको छ। विद्यालयमा सुविधासम्पन्न क्याफेटेरिया, पुस्तकालय, यातायात, खेलकुद र मल्टिमिडिया जस्ता विशेषताहरू रहेका छन्।
अभिभावक र राष्ट्रलाई एक सुयोग्य नागरिक हस्तान्तरण गर्ने संकल्प बोकेको शिक्षादीप सेकेन्डरी स्कुलले आफ्नो कडा अनुशासन र उत्कृष्ट शैक्षिक नतिजाका माध्यमबाट विराटनगरको शैक्षिक गरिमालाई उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। गुणस्तरीय आधारभूत शिक्षादेखि वृत्ति विकासको जग बसाल्ने प्लस टु तहसम्मका लागि यो संस्था एक भरपर्दो गन्तव्य बनेको छ।





























प्रतिक्रिया