काठमाडौं । सन् १९९७ मा स्थापना भई झण्डै तीन दशकदेखि नेपालको शैक्षिक क्षेत्रमा एकछत्र छाप छाड्न सफल नाा हो, सेन्ट लरेन्स सेकेण्डरी स्कुल एण्ड कलेज । आजको दिनमा विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको चाबहिलको मुटुमा अवस्थित यो स्कुलले मैत्रीपूर्ण, अनुशासित र उत्कृष्ट प्राज्ञिक वातावरणलाई आफ्नो मुख्य पहिचान बनाएको छ।
हालै आइटी एण्ड म्यानेजमेन्ट एक्सिलेन्स अवार्ड र युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ मा दुई विधामा पुरस्कृत यस स्कुलले आफूलाई केवल एउटा शैक्षिक संस्थामा मात्र सीमित नराखी उत्कृष्टताको केन्द्रका रूपमा प्रमाणित गरेको छ। सेन्ट लरेन्सले प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा विद्यार्थीहरूको रुचि र भविष्यको मागलाई ध्यानमा राख्दै विशिष्टीकृत शिक्षा प्रदान गरिरहेको छ ।
सेन्ट लरेन्सको सबैभन्दा लोभलाग्दो पक्ष यहाँको पारिवारिक वातावरण हो।
स्कुलले ई-नोटबुक र ई-क्लास जस्ता आधुनिक प्रविधिहरूलाई शैक्षिक प्रणालीमा एकीकृत गरेको छ। यसका साथै, सुविधायुक्त कम्प्युटर ल्याब, अत्याधुनिक प्रयोगशाला, र प्रशस्त स्रोतहरू भएको पुस्तकालयले विद्यार्थीहरूको सिकाइ यात्रालाई थप सहज बनाएको छ। स्कुलको डिजिटल मैत्री वातावरणले विद्यार्थीहरूलाई बदलिँदो विश्व परिवेशसँग साक्षात्कार गराउँछ।
नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)
सेन्ट लरेन्सको सबैभन्दा लोभलाग्दो पक्ष यहाँको पारिवारिक वातावरण हो। स्कुलले विद्यार्थीहरूको मानसिक र संवेगात्मक विकासका लागि ‘काउन्सिलिङ’ र व्यक्तिगत मार्गदर्शनलाई उत्तिकै प्राथमिकता दिएको छ। यहाँ अध्ययनरत विद्यार्थीहरूका अनुसार, कलेजको सहयोगी प्रशासन र अनुभवी शिक्षकहरूको समूहले उनीहरूलाई सधैं अगाडि बढ्न प्रेरित गरिरहन्छ।































प्रतिक्रिया