विश्वस्तरीय शिक्षाको आधुनिक गन्तव्य, लिभरपुल सेकेन्डरी स्कुल

विश्वस्तरीय शिक्षाको आधुनिक गन्तव्य, लिभरपुल सेकेन्डरी स्कुल

केन्द्रबिन्दु
1.74k
Shares

काठमाडौं । आधुनिक शैक्षिक प्रणाली, दक्ष प्राध्यापक र सुविधायुक्त भौतिक पूर्वाधारको उचित संगमका रूपमा नयाँ बानेश्वरस्थित लिभरपुल सेकेन्डरी स्कुल एण्ड कलेजले आफूलाई नेपालको अब्बल शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ। सन् २०१० मा अनुभवी शिक्षाविद्हरूको समूहद्वारा स्थापित यस संस्थाले स्थापनाको छोटो समयमै गुणस्तरीय र जीवनोपयोगी शिक्षाका लागि देशभर ख्याति कमाएको हो ।

लिभरपुल एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित यस स्कुलले कक्षा ११ र १२ का साथै मन्टेश्वरीदेखि स्नातक तहसम्मका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विशेषगरी स्कुलमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन हुँदै आएको छ ।

शिक्षालाई पुनः परिभाषित गर्ने लक्ष्य बोकेको लिभरपुलले विद्यार्थीहरूमा नवाचार र आलोचनात्मक सोचको विकासलाई प्राथमिकता दिएको छ।

शिक्षालाई पुनः परिभाषित गर्ने लक्ष्य बोकेको लिभरपुलले विद्यार्थीहरूमा नवाचार र आलोचनात्मक सोचको विकासलाई प्राथमिकता दिएको छ। स्कुलले विश्वभरका उत्कृष्ट मेन्टरहरूसँग विद्यार्थीहरूलाई जोड्दै प्रयोगात्मक र व्यावहारिक सिकाइमा जोड दिँदै आएको छ। किफायती शुल्कमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विश्वस्तरीय शिक्षा प्रदान गर्नु यस स्कुलको मुख्य विशेषता हो।

नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)

विद्यार्थीहरूको सिकाइ अनुभवलाई प्रभावकारी बनाउन लिभरपुलले आधुनिक स्मार्ट कक्षाकोठाहरू, सुविधासम्पन्न विज्ञान प्रयोगशालाहरू, समृद्ध पुस्तकालय र उच्च गतिको सूचना प्रविधि केन्द्रको व्यवस्था गरेको छ। यी पूर्वाधारहरूले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक अभ्यासमा समेत निपुण बनाउन मद्दत पु¥याएका छन्।

स्कुलले कक्षाकोठाको सिकाइ बाहेक खेलकुद, विभिन्न क्लबहरू र नेतृत्व विकासका कार्यक्रमहरूलाई पनि उत्तिकै महत्त्व दिएको छ। विद्यार्थीहरूको व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिका लागि स्कुलले व्यक्तिगत परामर्श र वृत्ति मार्गनिर्देशन समेत प्रदान गर्दै आएको छ।

लिभरपुल आज हजारौँ विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बन्न सफल भएको छ।

उत्कृष्टता, इमानदारी र विद्यार्थी केन्द्रित सिकाइलाई आफ्नो मुख्य मान्यता मान्ने लिभरपुलले समावेशी वातावरणमा विद्यार्थीहरूलाई भविष्यको विश्वव्यापी नेतृत्वका लागि तयार पारिरहेको छ। व्यवस्थापन समितिको रणनीतिक नेतृत्व र अनुभवी शिक्षकहरूको निरन्तरको प्रयासले गर्दा नै लिभरपुल आज हजारौँ विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बन्न सफल भएको छ।

Logo