काठमाडौं । सन् १९८१ मा ललितपुरको हात्तीवनमा एउटा सानो भाडाको घरबाट ६५ जना विद्यार्थीसहित सुरु भएको लिटल एन्जल्स स्कुलले आज साढे चार दशकको यात्रा पूरा गर्दै आफूलाई देशकै उत्कृष्ट र विशाल शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ। शैक्षिक उन्नयनमा अविछिन्न समर्पित यस संस्थाले हजारौँ युवा मस्तिष्कलाई प्रेरित गर्दै उनीहरूको प्रतिभा निखार्न र सम्भावनालाई वास्तविकतामा बदल्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
उमेश श्रेष्ठ र विद्या लिम्बुद्वारा स्थापित यस संस्थाले हाल एलए एजुकेशन ग्रुपअन्तर्गत १० वटा शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको छ, जहाँ १७,००० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् र १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्।
६५ जना विद्यार्थीसहित सुरु भएको लिटल एन्जल्स स्कुलले आज साढे चार दशकको यात्रा पूरा गर्दै आफूलाई देशकै उत्कृष्ट र विशाल शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ।
हात्तीवनस्थित ३५० रोपनी जग्गामा फैलिएको यसको विशाल र अत्याधुनिक परिसर नेपालकै नमुना शैक्षिक पूर्वाधारमध्ये एक हो। यहाँ प्रि-प्राइमरीदेखि स्नातक तहसम्मको पठनपाठन हुन्छ। स्कुलले सन् १९९७ मा प्लस टु कार्यक्रम सुरु गरेको थियो भने सन् १९९९ मा काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा लिटल एन्जल्स स्कुल अफ म्यानेजमेन्ट स्थापना गरेको थियो। साथै, यहाँ ए लेभल र स्वास्थ्य विज्ञानका कार्यक्रमहरू समेत सञ्चालनमा छन्।
नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)
लिटल एन्जल्सले केवल सैद्धान्तिक ज्ञानमा मात्र जोड नदिई विद्यार्थीमा सही दृष्टिकोण र सीपको विकास गर्न एक्टिभ लर्निङ पद्धति अपनाएको छ। योग्य र समर्पित शिक्षकहरूद्वारा प्रदान गरिने उच्चस्तरीय शिक्षण कार्यक्रमले गर्दा नै यस संस्थाका विद्यार्थीहरूले राष्ट्रिय औसतभन्दा निकै उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्। स्कुलको पाठ्यक्रमलाई नेपाल सरकार र राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिएको छ।
लिटल एन्जल्सले विद्यार्थीमा सही दृष्टिकोण र सीपको विकास गर्न एक्टिभ लर्निङ पद्धति अपनाएको छ।
अतिरिक्त क्रियाकलापलाई विद्यालय जीवनको अभिन्न अंग मान्ने लिटल एन्जल्सले सामाजिक सचेतना शिविरदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान कार्यक्रमसम्म सञ्चालन गर्ने गरेको छ। यसले विद्यार्थीहरूलाई जिम्मेवार र सन्तुलित विश्वव्यापी नागरिक बन्न मद्दत पु-याउँछ। परम्परागत मूल्य र आधुनिक विकासको उत्तम मिश्रण नै यहाँको मुख्य विशेषता हो।
गुणस्तरीय शिक्षालाई किफायती दरमा उपलब्ध गराउने चुनौतीलाई आत्मसात गर्दै सानो प्राथमिक विद्यालयबाट देशको सबैभन्दा ठूला शैक्षिक संस्थामध्ये एक बन्न सफल लिटल एन्जल्स आफूलाई विश्वविद्यालय र एक नमुना शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।





























प्रतिक्रिया