काठमाडौं,१९,पुस
वीरगन्जको सुपर ग्याँस उद्योगमा उद्योग व्यवस्थापनको गम्भीर लापरबाहीले आगलागी भएको तथ्य सार्वजनिक भएको छ । उद्योग व्यवस्थापनले सुरक्षाका न्यूनतम मापदण्ड पनि पूरा नगर्दा दुर्घटना भएको निष्कर्ष सरकारी छानबिन टोलीले निकालेको हो ।
सरकारले उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा गठित छानबिन समितिले स्थलगत अनुसन्धान गरेर यस्तो निचोड सार्वजनिक गरेको हो । पुस ५ गते उद्योगमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको थियो । आगोले जलेर करिब आठ करोड रुपैयाँको क्षति भएको थियो । उद्योगका चारवटा बुलेट, प्लान्ट, दुईवटा ट्रक, सिलिन्डरमा क्षति पुगेको थियो । अपरेटरको उपस्थिति बिना नै प्राविधिक ज्ञान नभएका बुलेटका ड्राइभरले ग्याँस अनलोड गर्दा दुर्घटना भएको छानबिन समितिका संयोजक दाहालले बताए ।
नागरिकबाट































प्रतिक्रिया