लुम्बिनी प्रदेशमा मन्त्रालय घटाउने गृहकार्य

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाउने गृहकार्य

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पनि मन्त्रालय घटाउने गृहकार्य अघि बढाएको छ। संघीय सरकारले मन्त्रालय सङ्ख्या घटाउने निर्णय गरेसँगै मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी मन्त्रालय सङ्ख्या घटाउने तयारी थालेको हो।

मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार असार १५ देखि २० गतेभित्र मन्त्रालय मातहतका निर्देशनालय र कार्यालयहरूको समायोजन प्रक्रिया टुङ्ग्याइनेछ भने साउन १ गतेदेखि नयाँ संरचनाअनुसार काम सञ्चालन हुनेछ।

हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित लुम्बिनी प्रदेशमा १२ वटा मन्त्रालय छन्। चालू खर्च घटाउने, प्रशासनिक संरचना चुस्त बनाउने र कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालय सङ्ख्या घटाउन लागिएको मुख्यमन्त्री आचार्यले बताए।

लुम्बिनी प्रदेशमा संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेलले सात मन्त्रालयबाट सरकार सञ्चालन गरेका थिए। त्यसपछि माओवादी–कांग्रेस गठबन्धनका मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यकालमा मन्त्रालय सङ्ख्या बढेर १७ पुगेको थियो। पछि लिला गिरी नेतृत्वको सरकारले मन्त्रालयलाई १० मा सीमित बनाएको भए पनि पुनः बढाएर १२ पुऱ्याइएको थियो।

Skip This
Skip This
Logo