काठमाडौं,१८,पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार दिउँसो विद्युत प्राधिकरणका प्रमुखलाई नगद २५ हजार घुस सहित रङगेहात पक्राउ गरेको छ । "/>

२५ हजार घुस सहित विद्युत प्राधिकरण पाँचखालका प्रमुख पक्राउ

२५ हजार घुस सहित विद्युत प्राधिकरण पाँचखालका प्रमुख पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१८,पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार दिउँसो विद्युत प्राधिकरणका प्रमुखलाई नगद २५ हजार घुस सहित रङगेहात पक्राउ गरेको छ । काभ्रेको पाँचखालमा रहेको नेपाल विद्युत प्राधिकरण उपशाखामा कार्यरत कार्यालय प्रमुख एंव सुपरभाइजर दिनेश थापालाई आयोगका अनुसन्धान अधिकृत हृदय थापाको नेतृत्वमा आएको टोलीले पक्राउ गरेको हो । सेवाग्राहिसँग नगद २५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेन्द्र प्रसाद मरासिनीले बताए ।
उनका अनुसार पाँचखाल १२ का नरबहादुर दनुवारसँग बिग्रिएको मिटर बनाउने भन्दै २५ हजार घुस लिँदा लिदै अख्तियारको टोलीले पक्राउ गरेको हो । उनी पनौति नपा ८ मल्पिका हुन् । कार्यालय प्रमुख एंव सुपरभाइजरका रुपमा कार्यरत रहेका थापालाई अख्तियारले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo