नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्वाचनमा पराजयको समिक्षा र पुनर्गठन बिषयमा बहस चलिरहेको बेला नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । तर एमालेमा बहसमा रहेका यि बिषय सचिवालय बैठकको एजेन्डामा छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने एमालेका एक नेताले बताए । बैठकमा कार्यविभाजन, गत निर्वाचनको समीक्षालगायत छलफल हुन सक्ने एक नेताले जानकारी दिए । “हामीलाई पनि बैठकको एजेन्डाबारे भनिएको छैन । तर, छलफलको विषयवस्तु यिनै हुन सक्छ,” ती नेताले भने ।

पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कांग्रेस र एमालेबीच छलफल जारी छ । सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने ती नेताले बताए ।

एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलोपटक एमालेको सचिवालय बैठक बस्न लागेको हो । एमालेभित्र फागुन २१ को

Logo