काठमाडौं । नेपाल भलिबल संघको शुक्रबार बसेको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले निरुता ठगुन्नालाई नेपाली महिला भलिबल टोलीको कप्ताननिरुतालाई कप्तानमा चयन गरेको छ । पूर्वकप्तान अरुणा शाही अस्ट्रेलिया गएकोले संघले नयाँ कप्तान छानेको हो ।
ओपन स्पाइकर निरुता ठगुन्ना नेपाल एपीएफ क्लबका पनि कप्तान हुन् ।
निरुताको कप्तानीमा अब नेपालले अर्को साताबाट काठमाडौंमा सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिप खेल्नेछ । काभा च्याम्पियनसिप जेठ ८ बाट सुरु हुँदैछ ।
समूहमा नेपालले भारतसँगै किर्गिस्तान र माल्दिभ्ससँग खेल्नेछ । सन् २०१९ र सन् २०२२ को च्याम्पियन नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने चुनौती छ ।






























